Air Ticketing in Nepal Contact to Merosindhu.com

गोमा दमिनी

- पुरुषोत्तम गौतम सन् २००४ अप्रिल म कसो कसो गरेर झकाउन आँटेको हुँदोरहेछु । कोठामा कोलाहल मच्चिन थालेछ । मैले यसो आँखा उघारेँ सबै उभिएर बाझ्दै रहेछन् एक अर्कासँग । म टाँढबाट तल झरेँ सबै भए ठाउँमा । मैले पहिले त केही कुरा बुझिन । बम्बइका हाम्रा एजेन्टहरु भनौँ या मुसलेका भरौटेहरु या नेपाली छोरा र छोरी बेच्ने दलाल भनौँ २ जना शेखर झापा र भागवतचितवन दुबैजना टिल्ल रक्सी पिएर आएका रहेछन् । तिनीहरु कराउँदै थिए जोड जोडले रातको सन्नाटालाई चिर्दै । हामी त्यहाँ भएका जति सबैलाई गाली गर्दै थिए । आमा चकारी गाली गरे हामी सबैलाई । हामी हाम्रै पैसाले खान्थ्यौँ तर पनि यिनीहरुको गाली किन खानु पर्ने हो हामीले म बुझ्नै सक्दिन थेँ । त्यही पनि भनेको बेलामा खान पाइने होइन । न सुत्नै पाइन्थ्यो राम्ररी । मनपरि शब्दहरुको ओइरो सुन्नु पर्छ दिनै पिछे ।

नेपाल बाट कतार हुँदै कुवेतको जेल सम्म पुग्दा

- हरि कृष्ण न्यौपाने (घायल) देशमा जनयूद चर्किरहेको अनि बन्द हड्तालले वाक्क पारेको र नेपालमा उचित रोजगार अनि पारिश्रमिक नपाउनले धेरै युबा शक्ती बाहिरि रहेको अबस्थामा म पनि खाडिरास्ट्रमै भएपनि जाने सोचमा थिए।यतिकैमा २०६१ बैशाख १४-१५ मा कान्तिपुरको बिज्ञापनमा आखाँ पुग्यो। "कुवेतमा रोजगार,फ्रि-भिसा अनि इन्टर्भियूमा सेलेक्टभए १५ दिनमा फ्लाईट" के खोज्छस कानो आँखो भनेझै ! दाना ओभर्सिज कुपण्डोलमा पाईला बढाए।धेरै नेपाली युबा-युबतिको भिड थियो।बाहिरबाट हेर्दा त कतै जात्रानै त होइन सबैलाई रमाईलो लागेको भान हुन्थ्यो।राम्रो अबसर भएकोले होला कोहि आफ्नो ब्यापार छोडेर,कोहि पढाईलाई बिचमै पूर्णबिराम दिएर त कोहि सरकारि जागिर समेत छोडेर लाइन लागेका थिए।

इराक को सितल मुरुभुमी बाट....

- कृष्ण पोखरेल (बिवस ) साउथिन ईराक नासेरिया 'एउटा घर को बिछोड' म सिन्धु अनी मेरो हेरेक जिबन मा साथ दिने मेरो हसबेण्ड कृष्ण र उ मेरो छोरा हो सेरेन! अनी उनी हुन मेरी बुहारी सुलोचना एती मेरो लागि कुनै पनि मान्छे हुरु धेरै भये को थिएन! र म आजै अर्को मान्छे लाई निम्तोदिन चाहन्थ्हे जस्ले मलाई हजुरामा भनेर बोलाओस अब उस्ले उसै को साथी हुरु लाई पनि चिन्दैन होला जो उनी सँग पाठसाला जान्थ्हे अनी उनी सँगइ खेल्थ्हे अब त्यो हरि कृष्ण, केदार नवराज शिव,सानुबाबु थुप्रै साथी हुरु लाई चिन्दैन होला अनी उन्स्ले त कालिकाठोकपार्क जाने बाटो पनि भुल्यो होला अनी उस्को मामा घर जाने बाटो पुरानाकोट र.........

जिन्दगिको सबै भन्दा भयानक र अकल्पनिय दिनलाइ सम्झँदा : प्रहरीमा जागिरे दाजुको अन्तिम दाहस्सकार गर्दा

- हरि कृष्ण न्यौपाने कुरा सायद २०५७ मङ्सिर को १५-१६ गते तिरको होला,मेरो कलेजको पढाई त्यति नभएकोले र घरमा पनि नगएको धेरै दिन भएले म मङ्सिर १४ गते कालिका-१ पुरानकोट घर गएको थिए।अनि १५ गते बिहान साथीहरुसँग भेट-घाट गरियो। खाना खाएपछि बुबा-आमा र मेरो मिसेसहरुको बदाम खन्ने कार्यक्रम रहेछ। त्यसैले मैले पनि बदाम खन्नजाने मन गरेँ। बुबा र आमा अगाडि नै गई सक्नुभएको ले म र मेरो मिसेस (सीता) बदाम खन्न हिडेउँ। घर बाट निस्कने बित्तिकै ठोकर्पाबाट चेहेरे जाने मुलबाटो मै मैले चिनेको ठोकर्पा प्रहरी चौकिमा कार्यरत गिरी थरको हवल्दार साथी र अरु २ जना प्रहरीसँगै मेरो टोलतिर आउदै हुनुहुदो रहेछ। मसँग चिरपरिचित भएकोले हाई-हेल्लो भयो, अनि उहाँले भन्नुभयो "पुष्पराज न्यौपाने को घर कहाँ हो केहि जरुरि काम थियो"अनि मैले भनिहाँले उहाँमेरो काकाको छोरो दाई हुनुहुन्छ र उहाँको घर तल्लो टोलमा हो ल जाउ मसँगै जान्छु भनेर हामीसँगै झर्दै र के भयो अनि किन हतारिनु भयो मैले कुरा गर्दै हामी कुमार जीको पसलमा पुग्यौं। होमनाथ दाईलाई भेटियो अनि मैले उहाँलाई अलि साइडमा बोलाएर यस्तो भएछ भनेर सबै कुराहरु भनेँ अनि उहाँ लगाएत हामी ७-८ जना दाजुभाई काकालाई लिएर प्रहरीको साथमा बाघभैरब गयौ। बाटोमा कुरा गर्दै जादाँ थाहा भयो कि दाई पुष्पराज को त रामेछापको बेथान चौकीमा माओबादी आक्रमणमा अन्त्य भएछ र आज हेलिकप्टर मार्फत लास आउदैँ रछ ! अनि त हामीहरु लगाएत कालिका ठोकर्पाको करिब २०० जना तथा बाघ भैरबका सबै बिद्यार्थी सबैले भरियो स्कुलको ग्राउन्ड।

कस्ले भन्छ ?

विहानको ६ वजेको छ यतिखेर सउदी अरबमा । म ड्यूटीमा आइसकेको छु । म सउदी अरेबियाको राजधानी रियादस्थित ताहालिया सडकमा कादी रेष्टुरेन्ट एण्ड क्याफेमा दिउँसोको सिफ्टमा वेटरको काम गर्दैछु । क्याशिअरले ढोका खोल्छ । म क्याशिअर अनि किचनको सेफ दाइसँगै भित्र छिछौँ । हामी मात्रै ३ जना छौँ दिउँसोको सिफ्टमा काम गर्ने । प्रचण्ड गर्मीको कारण ग्राहकको संख्या नगन्य छ । मेरो क्याशिअर बिलाल हुसने हो नुवाखली बंगलादेशको अनि सेफ चाहिँ मोहम्मद जान हो दिल्लीको । हामी तीनै जनाका आ-आफ्नै कार्यक्षेत्रहरु छुट्याइएका छन् । म वेटर हुँ सारा सरसफाइ अर्डर सप्लाइ सबै पर्छन् । क्याशिअरको जिम्मामा सेल खरिद बिक्री सामान भए नभएको ख्याल गर्ने काम गर्छन् । सेफको किचनमा चाहिएका सामाग्रीको लिस्ट तयार पार्ने केक सेण्डविचहरु बनाउने । मगाएका सामानहरु आउट अफ डेट भएकि भएनन् हेर्ने ।

ढुकुर पोखरी देखि पाँच पोखरी सम्म

- स्वयंम्वर सिंह लामा बि.सं.२०६४ साल अशोज महिनाको १७ गते बिहान हामीले पुरानो बसपार्कको चौतारा जाने बसमा शूरु गरेको पाँच पोखरीको यात्रामा पाँच जना पर्यटक सहित हामी १५ जना सिंहदरबार, माईतीघर, बानेश्वर, कोटेश्वर सल्लाघारी हुँदै नालिञ्चोक पुग्दा सम्ममा सीटमा बस्ने भन्दा उभिने यात्रुहरु धेरै भैसकेका थिए । सरुभक्तको पागल वस्ती देखि थोमस हार्डिको फार फुम् दि म्याडिङ क्रउड सम्मलाई याद दिलाउने भीड बाट उछिट्टिएर हामी केहि उचाईको नागबेली परेको साँगाको रमणीय उकालोमा भरखरै बाख्री निलेर घ्रि्री रहेको अजिंगर झै हामी चढेको बस बेचयनको आवाज निकालेर गुड्न थाले ।

HELAMBU : the land of lholmo

Rajan Helambu, situated about 72 kilometers north- east of Kathmandu, is famous for its scenic grandeur and pleasant climate. There are many Buddhist monasteries amidst a rich and enchanting landscape.

Kodari : Nepal China Border

Kodari lies on the Nepal-China border. Besides being a place of stunning natural beauty, it has an exotic history going back to ancient times as the starting point of the trans- Himalayan caravan route, the Nepalese equivalent of Silk Road. Merchants bound for Lhasa would head north from Kodari and cross the Kuti pass before turning east to begin the perilous journey over the Tibetan plateau.

भैरबकुण्ड यात्रा

सिन्धुपाल्चोक जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा पाँचपोखरी र भैरब कुण्ड रहेका छन् । विगत केही वर्ष देखी केही पर्यटन व्यवसायीहरुले "ग्रामिण पर्यटन र नयाँ गन्तव्य" भनी नामाकरण गरी यी क्षेत्रमा पदयात्रा संचालन गरेको पाईन्छ । धार्मिक दृष्टिकोणले पनि उत्तिकै महत्व रहेका यी स्थलहरुको बारेमा आफ्नै विशेषता र किम्बदन्ती रहेको पाइन्छ । विगतका केही बर्षदेखि स्वदेशी तथा विदेशी पर्यटकहरुको लोकपिय गन्तव्य स्थलका रुपमा स्थापित भैरवकुण्ड पदयात्राका बारेमा छोटकरीमा यहाँ चर्चा गरौँ ।