अनिल शाह, प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक नेपाल लिमिटेड मेगा बैंकको पछिल्लो अवस्था के छ ? अहिलेको अवस्थाभन्दा पनि म अलि अगाडिको सुरुवातको प्रसंगमा जान चाहन्छु । मेरो बैंक क्षेत्रमा करियर गि्रनलेज बैंकबाट सुरु भयो । त्यसपछि स्ट्यान्डर्ड चार्टडमा गयो त्यसपछि नविल बैंकमा । स्ट्यान्डर्ड चार्टडमा मैले बैंकिङ्ग सिकें । नबिल बैंकले मलाई बैंकर बनायो । नविल बैंकमा जाँदा मलाई यो बैंकलाई नम्बर एक बनाउँछु भन्ने थियो ।
जितेन्द्र श्रेष्ठ काठमाडौं सिन्धुपाल्चेाकको हैवुङ् गाउँबाट भारतको मुम्बईको कोठीमा वेचिएका चेलीले अमेरिकाबाट अन्तराष्ट्रिय पदक पाए पछि आम नेपालीहरु मात्र हैन अन्तर्राष्ट्रि जगतमै ख्याति कमाईरहेका चरिमायाँ तामाङ् ले उनले पाएको सम्मान संसारभरका मानव बेचबिखनको बिरुद्धमा आवाज उठाउने हरुको जित हो भनेकी छिन् ।
सुचना तथा संचारमन्त्री अग्नीप्रसाद सापकोटा
देश असाध्यै ठूलो संक्रमणकालमा रहेको बेला तपाई संचार मन्त्री हुनु भयो । कस्तो अनुभूति गरिरहनुभएको छ ?
भिन्न अनुभूति छैन किनभने शान्ति प्रकि्रयामा आएको पनि चार/पाँच वर्ष भैसक्यो । तर पनि अहिले सरकारको सूचना तथा साचार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा साचार माध्यममा रहेका जटिलता त्यसको रुपान्तरणको बोध त्यसका साथसाथै त्यसप्रतिको संवेदनशीलताको भारचाँहि अलि बढेको जस्तो महशुस भएको छ ।
टुकी संघ सुनकोशीको उद्देश्य भनेको शिक्षा स्वास्थ्य कृषि र निर्माणको क्षेत्रमा काम गर्ने उद्देश्य हो । अहिले कृषिक्षेत्रमा रासायनिक मलको प्रयोगले कालो भटमास मास ज्यानमारा ुखुसा्रनीलगायतका केही कोषेबालीहरु बिउ लोप भइसकेको छ । हाम्रो हावापानीमा उत्पादन हुने बालीलाई घृणा गरेर विदेशको बिउलाई राम्रो भन्ने पद्दतिलाई छाड्नुपर्छ । नेपाली युवाले विदेशी भूमिमा गएर श्रम बेच्नुको सट्टा नेपाली माटोमै पसिना बगाउनुपर्छ । विदेशमा पुग्ने खर्चले नेपालमै उद्यम व्यवसाय थाल्नुपर्छ । अथाह सम्भावना बोकेको कृषि क्षेत्रलाई छोडेर दुःख पाउन विदेश नजाऔं भन्न चाहन्छु ।
महायज्ञको तयारी भईरहेको छ । देशको वर्तमान परिस्थीतीले विभिन्न कठिनाईहरु उत्पन्न भएको छ । यसका बाबजुद पनि तयारी गरिरहेका छौं । महायज्ञको प्रचार प्रसार तिव्र बनाउने प्रयासमा लागेका छौं । यसका लागी विभिन्न कार्यक्रमहरु गिरंदैछ । महायज्ञको प्रचारका लागी बैशाख ३१ गते काठमाडौं देखी तातोपानी सम्म मोटरसाईकल र् याली गरिदैं छ जेठ १ गते नेपालको चर्चित दुई राटिय टोलि बिच मैत्रीपूर्ण भलिबल प्रतियोगीता हुदैछ ।
लामोसाँघुलाई क्षेत्र नं १ को शैक्षिक केन्द्र बनाउने हाम्रो योजना छ । संकायको बारेमा टुंगो लागिसकेको छैन । वरिपरिका क्याम्पसमा पढाईहुने विषय र विद्यार्थीको चापको आधारमा संकाय तय गरिन्छ । मेरो अनुभवमा बहुदल प्राप्त भएपछि हाम्रा महिला दीदी-बहिनीछोरी-बुहारीहरुले स्कुल तहबाटै पढाई छोड्नुपर्ने अबस्थाबाट धेरै अगाडी आएको छ । गाँउका प्लस टु र क्याम्पसमा छोरी-बुहारीहरुको संख्या निकै बढेको छ।
जेठ १०-१७ गतेसम्म सुनकोशी बहुमुखी क्याम्पसको स्तर उन्नति, विषय विस्तार र सेतीदेवी शारदा उमाविमा प्राविधिक शिक्षाको सुरुवातका लागि महायज्ञ गरिने भएको छ। यसै विषयको सेरोफेरोमा क्याम्पस प्रमुख तथा महायज्ञ प्रचारप्रसार संयोजक रामकृष्ण पराजुलीसँग मेरोसिन्धुका लेखनाथ नेपालले गरेको कुराकानी।
तातोपानी नाकाबाट हुने नेपाल-चीन व्यापारमा राजेन्द्रकुमार श्रेष्ठ नौलो नाम होइन । ५० को दशकबाट आयात व्यपारमा क्रियाशिल ४२ वर्षीय श्रेष्ठ हाल उद्योगी/व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष छन् । चीनसगको व्यापारको अलवा उनले सिमेन्ट उद्योग, हाइड्रोपावर -जलविद्युत), हाउजिङ र बैंकिङ क्षेत्रमा पनि लगानी गरेका छन् ।
जिल्लाको बतासे गाउँ विकास समिति वडा नं ४ मा वि.स. २०४१ सालमा बुबा खड्गबहादुर थापामगर र आमा रत्नकुमारी थापामगरको कोखबाट साँइलो सन्तानको रुपमा जन्मिएका युवा लोक गायक तथा संकलक राम थापा 'शिशिर' नेपाली लोक संगीत क्षेत्रमा परिचित नाम हो । बाल्यकाल देखि नै लोक गीत संगीतमा रुचि राख्ने थापाका थुप्रै गीतहरु श्रोताहरुका बीचमा लोकप्रिय भइसकेका छन् । श्रोताको माया र काम गर्दा गर्दै प्राप्त भएका उपलब्धी तथा सफलताले नै आफूलाई यस स्थानसम्म ल्याइ पुर्याएको तथा आफु निरन्तर लोक संगीतमा नै लागिरहने उहाँ बताउनु हुन्छ । ठेट नेपाली भाषाका शब्दहरु संकलन गरेर गीत गाउने उनै सिन्धुका गर्व गर्न लायक प्रतिभासँग मेरो सिन्धुका केदार न्यौपानेले गरेका कुराकानीको केही अंश ।
