वि.स.१९७१ कार्तिकमा सिन्धुपाल्चोक जिल्लाको बाँसबारी गाविस स्थित बाहुनीपाटीमा जन्मिएका केदारमान श्रेष्ठ नेपाली साहित्यका क्षेत्रमा सुप्रसिद्ध नाम हो। साहित्यका अलवा उनको राजनीतिमा पनि रुचि थियो। त्यसैले उनी विसं २०१९ को मन्त्रिमण्डलमा निर्माण संचार तथा यातायात सहायक मन्त्रि भएका थिए।
नेपाली भाषा साहित्यका दरिलो खम्बाका रुपमा उभिएका कवि तथा साहित्यकार चन्द्रप्रसाद न्यौपानेको जन्म वि.सं. २०२४ साल कार्तिक २८ गते सिन्धुपाल्चोकको फूल्पिङकोट गाविस वडा नं. ३ स्थित कल्लेरी गाउँमा भएको हो । पिता हिरालाल न्यौपाने र माता अम्बिका न्यौपानेको कोखबाट जेठा सन्तानको रुपमा उनले यस धर्तिमा पाइला टकेका हुन्।
