Air Ticketing in Nepal Contact to Merosindhu.com

बिमल श्रेष्ठ

तौथली गाविसको साधारण किसान परिवारमा जन्मेका बिमल श्रेष्ठ सिन्धुपाल्चोक जिल्लाका गहना हुन् । २०२८ साल फागुन १५ गते तौथली वडा नं. ४ मा जन्मेका श्रेष्ठले २०६३ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । पेशाले सिभिल इन्जिनियर भएपनि उनले सांगितिक क्षेत्रमा पनि आफुलाई स्थापित कलाकारको रुपमा चिनाइसकेका छन् ।

नवराज घोरासैनी

जिल्लाको फटकसिला गाविसमा जन्मिएका नवराज घोरासैनी पिता कृष्णप्रसाद घोरासैनी र माता ललिदेवि घोरासैनीका सुपुत्र हुन् । काँठे भाकामा गीत गाउने गायकका रुपमा चर्चित उनेले २०४९ बाट सांगितिक क्षेत्रमा पाईला राखेका हुन्।

कृष्ण ढुंगाना

यस जिल्लाको क्षेत्र नं १ अन्तर्गत मांखा गाविसमा जन्मिएका कृष्ण ढुंगानाले प्रारम्भिक शिक्षा श्री सेतिदेवि उच्च मावि लामोसाँगुबाट हासिल गरेका हुन्। एमएलवि सम्मको अध्ययन पुरा गरि लामो समयदेखि कानुन व्यवसाय र कलाकारितामा व्यस्त ढुंगाना नेपाली कला क्षेत्रमा हास्य कलाकारको रुपमा चिनिन्छन्।

जयनन्द लामा

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे गाविस थिङटोल धार्पामा जन्मिएका जयनन्द लामालाई यस जिल्लाको मात्र नभएर राष्ट्रकै अग्रज र पृथक लोक गायक मानिन्छ । २०१३ साल साउन १८ गते जन्मिएका लामाले प्रारम्भिक अध्ययन श्री शारदा माध्यमिक विद्यालय बाह्रबिसेवाट गरेका हुन्।

प्रेमध्वज प्रधान

वि.सं.१९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारा बजारमा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको सम्पन्न परिवारमा प्रेमध्वज प्रधानको जन्म भयो ।