Air Ticketing in Nepal Contact to Merosindhu.com

कृषि, सुचना प्रविधि र पर्यटनले समृद्ध सिन्धुपाल्चोक बनाउने योजना छः राजन

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं २ निवासी राजनकुमार न्यौपाने यतिबेला सिन्धुपाल्चोक प्रतिनिधिसभा १ अन्र्तगत प्रदेशसभा २ का लागि राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य रहनुभएका उहाँ विद्यार्थी जीवनदेखि नै अनेरास्ववियू (छैठौं) मा सक्रिय भई जिल्ला अध्यक्ष समेत सम्हालिसक्नु भएको छ ।

पत्रकार महासङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा महेश श्रेष्ठ विजयी

नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको दशौँ अधिवेशन हिजो राति अबेर सम्पन्न भएको छ । अधिवेशनमा भएको निर्वाचनमा सभापति पदमा महेश श्रेष्ठ ६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले सभापतिका प्रतिस्पर्धी युवराज पुरीलाई एक मत अन्तरले मात्र पराजित गर्नुभएको थियो ।

बाढीले २० वटा पक्की घर बगायो, २०० घर उच्च जोखिममा

असार २२, २०७३ चीनको सीमा नदी भएर बहने सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति आएको बाढीले तातोपानी गाविसको २० वटा पक्की घर बगाउनुको साथै २०० घर उच्च जोखिममा रहेका छन् । तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक खुमलाल भुसालले बताए ।

युएनडिपीको सुरक्षित आवास सचेतना अभियान

सिन्धुपाल्चोक विकास साझेदार संयुक्त राष्ट्र संघ विकास कार्यक्रम युएनडिपीले सर्वसाधारणको जानकारीका लागि सुरक्षित आवास निर्माण सम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ । यससम्बन्धी रेडियो कार्यक्रम संचालन गर्दैआएको युएनडिपीले हाल भूकम्पप्रतिरोधी आवास निर्माणसम्बन्धी सचेतनामुलक घुम्ती मोवाइल सेवा संचालन गर्दै आएको छ ।

जितेन्द्र रसिकको तेस्रो कृति ‘एलियनको पृथ्वी भ्रमण’ सार्वजनिक

सिन्धुका सञ्चारकर्मी तथा स्रष्टा जितेन्द्र रसिकको तेस्रो कृति ‘एलियनको पृथ्वी भ्रमण’ सार्वजनिक भएको छ । शुक्रबार भक्तपुर साहित्यिक समाजको स्थापना दिवशको अवशर पारेर उक्त कृति लोकार्पण गरिएको हो ।

भुकम्प पिडित बिधार्थीलाई लायन्सको सहयोग

२२ पुस, ठाेकर्पा भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक ठोकर्पाका सरकारी विद्यालयमा अध्ययन गर्ने विधार्थीलाई हिमालयन केयर ह्याण्डस् र लायन्स क्लब अफ नेपाल हिमालयले न्यानो कपडा वितरण गरेको छ ।

भूकम्प प्रभावितलाई युएनडीपीले थप सघाउने

९ पौष, काठमाडौँ नेपालका लागि जापानी राजदूत मासाशी ओगावा, युएनडीपीका कन्ट्री डाइरेक्टर रेनोड मेयर र सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानको संयुक्त टोलीले सिन्धुपाल्चोक जिल्लामा भूकम्प प्रभावित समुदायहरुको पुर्नस्थापनाका लागी सञ्चालित क्रियाकलापहरुको अवलोकन गरेको छ ।

चिसोले ७ भूकम्पपीडितको मृत्यु, सयौं वृद्धवृद्धा र बालबालिका बिरामी

पुस ९, २०७२् अत्यधिक चिसोका कारण सिन्धुपाल्चोकको ठोकर्पामा तीन सातायता कम्तीमा ७ भूकम्पपीडितको मृत्यु भएको छ । अधिकांश बिरामी परेका छन् । ठोकर्पा–३ की ६६ वर्षीया रमादेवी पहरीको गत साता चिसोकै कारण श्वासप्रश्वास बढेर मृत्यु भएको छ ।

जिल्लाको भुकम्प प्रभावित क्षेत्रमा नेपाल पदयात्रा हुने

प्रकाश श्रेष्ठ २५ कार्तिक, काठमाडौँ l बैशाख १२ गते गएको शक्तिशाली महाभुकम्प र त्यसपछिका विभिन्न दिनहरुमा गएको पराकम्पनले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकको भुकम्पपिडित व्यक्तिहरुको मनमा रहेको डर, त्रास र भयहरुलाई हटाई नियमित दिन चर्यामा फर्किन सक्ने बाताबरण तयार गर्न र उनीहरुको मनोबललाई बढाउन,

भीमटारको सेतीदेवी मावि भवन एनआरएनएले पुनःनिर्माण गर्ने

काठमाडौँ, १२ कात्तिक। भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको भीमटार गाविसमा रहेको सेतीदेवी माविको भवन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाले पुनःनिर्माण गरिदिने भएको छ ।