चौतारा , माघ ८ - सिन्धुपाल्चोकको माङ्खा ९ का एक ५० बर्षीय पुरुषको हत्या पूर्वयोजनाबमोजिम भएको प्रहरीले निष्कर्ष निकालेको छ । बिहीबार स्थानीय देउरालीमा मृत फेला परेका स्थानीय यमप्रसाद तिमिल्सिनालाई हत्यापछि भीरबाट फ्याँकेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, माघ ७- साइटिस महासन्धिले ओसारपसारमा प्रतिबन्ध लगाएको वनस्पति रक्तचन्दन र सुनाखरीको तस्करी रोक्न प्रहरीलाई यससम्बन्धी वन तालिम दिन थालिएको छ। प्रहरीले ज्ञान अभावमा चन्दन र सुनाखरी पहिचान गर्न नसक्दा तस्करी नियन्त्रण गर्न नसकेको निष्कर्ष निकाल्दै यस्तो तालिम दिन थालिएको हो।
ध्रुव दंगाल, सिन्धुपाल्चोक, माघ ५- खाडीचौर बजारमा खसी बेचेर घर फर्कंदै गरेका मांखा-९ का एक वृद्धको अज्ञात समूहले हत्या गरेको छ। घर नजिकको देउराली जंगलमा बिहीबार सबेरै शव भेटिएका ५० वर्षीय यमप्रसाद तिमिल्सिनाको अपहरणपछि हत्या गरिएको अनुमान प्रहरीले गरेको छ।
ध्रुव दंगाल, सिन्धुपाल्चोक पुष २३। नेपालमा अभाव भएको मौका छोपेर तातोपानी नाकामा चिनियाँ पेट्रोलियम पदार्थको कालोबजारी भइरहेको छ। संकट टार्नैपर्ने बाध्यताले बढी शुल्क बुझाएर उपभोक्ता ठगिइरहेका छन्। खासानजिक रहेको र सहज उपलब्धताको कारण पेट्रोलियम पदार्थको कालोबजारी भइरहेको हो
तौथली -सिन्धुपाल्चोक, पुस १४ जिल्लाको ऐतिहासिक गाँउ तौथलीमा 'तौथली महोत्सव' बिहीबारबाट सुरु भएको छ । मल्लकालीन सहरका रूपमा परिचित तौथलीमा 'परम्परागत कला संस्कृतिको संवर्द्धन गरी आन्तरिक पर्यटक प्रवर्द्धन गरौं' भन्ने मूल नाराका साथ आयोजना भएको महोत्सव तीन दिनसम्म चल्नेछ ।
ध्रुव दंगाल/चौतारा मङ्सिर १६ - भ्यानको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु भएको घटनालाई लिएर पीडित परिवार र स्थानीय बासिन्दाले आज बिहानैदेखि अरनिको राजमार्ग ठप्प पारेका छन्। राजमार्गको खाडीचौर र बलेफी बजारमा अवरोध खडा गरेर सवारी आवागमन ठप्प पारिएको छ। अवरोधले गन्तव्यमा हिंडेका दर्जनौं सवारी साधन बाटोमै रोकिएका छन् भने सयौं यात्री अलपत्र परेका छन्।
मङ्सिर २ / तातोपानी - चीनसँग सिमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी बजारमा भिषण आगलागी भएको छ । आज बिहान साँढे १० बजे तातोपानी बजारमा अबस्थित एक घरमा खाना पकाउने ग्याँस पड्केर सूरु भएको आगो फैलदा चार घर जलेर नष्ट भएको छ भने करौंडौको क्षति भएको छ ।
ध्रुब दंगाल / चौतारा - सुन्दर पर्यटकीय गाउँ हेलम्बु पाँचकुण्डको संगम पाँचपोखरी भैरवकुण्ड ऐतिहासिक किल्ला दुगुनागढी जस्ता प्राकृतिक सौन्दर्य र विविधताले भरिपूर्ण सिन्धुपाल्चोक भ्रमणमा निस्कने सोचमा हुनुहुन्छ यदि हुनुहुन्छ भने हेलिकप्टर चढेर सिंगो सिन्धुपाल्चोक एकै फन्कोमा घुम्ने अवसर जुरेको छ ।
नातीबावु धिताल/सिन्धुपाल्चोक चोकटी गाविस-९ स्थित भूलभूले ओढारमा फेला परेको चारओटा बम ०६८ कात्तिक २८ गते साँझ नेपाली सेनाको एक टोलीले निस्कृय पारेको छ । स्थानीय गाउँलेहरूले फेला पारेको बम चौतारास्थित नयाँ श्रीनाथ गणबाट गएको डिस्पोजल टोलीले हिजो साँझ ७ बजे निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त लामाले बताए । स्थानीय संजे थामी बाख्रा चराउन जंगल जाँदा भूलभूले ओढारमा बम देखेका थिए ।
२७ कार्तिक/सिन्धुपाल्चोक - बाह्रबिसेबाट काठमाडौंको लागि बिहान ७:३० बजे छुटेको बा २ ख ६२५९ नम्बरको यात्रु बस करिब पौने घण्टा पछि सुकुटेनजिकै बा ४६ प ८२२२ को मोटरसाइकलसँग ठोकिदा दुर्घटना भएको छ । विपरित दिशाबाट आएको मोटरसाइकल अनियन्त्रित गतिमा आइरहेको देखेपछी मोटरसाइकल जोगाउन खोज्दा बस सुनकोशीको किनारमा खसेको बताईएको छ । २५ जना भन्दा बढी यात्रु रहेको बससग ठोकिदा मोटरसाइकलमा सवार दोलखा लापिलाङ–२ का ३२ बर्षीय अर्जुन खड्काको मृत्यु भएको छ ।
