सिन्धुपाल्चोक जिल्लाको कुभिन्डेमा विसं २००१ फागुन २४ गतेका दिन बुवा धनपति र आमा तीलमाया सापकोटाको कोखबाट जन्मिएका अग्नीप्रसाद सापकोटा नेपाली राजनैतिक बृतमा चर्चित व्यक्ति हुन्। जिल्लाको कम्युनिष्ट राजनितिमा महत्वपूर्ण भुमिका खेलेका सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन्।
सिन्धुपाल्चोक जिल्ला पाङ्ग्रेटार गाविस वडा नं. ६ मा बुबा भक्तबहादुर र आमा मानकुमारी नेपालका पहिलो सन्तानको रूपमा २०१७ माघ १ गते जन्मिएका सरेश नेपाल मध्यम वर्गीय किसान परिवारका सदस्य हुन्।
