Air Ticketing in Nepal Contact to Merosindhu.com

एक अथक यात्री रामेश

सुमधुर आवाजका धनी रामेश श्रेष्ठको स्थायी घर ओखलढुंगा हो । २००१ सालमा जन्मिएका रमेशको सानैदेखि संगीतस“ग साइनो जोडियो । परिवारका खा“चो टानर्का लागि उनका बाबु जागिर गर्थे पाल्पामा । रामेशका जागिरे पिता पनि संगीतसाधक थिए ।

प्रेरणाको एक अनुपम शिखर: झमक घिमिरे

जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुत्र र बुझ्न चाहीँ सक्ने झमकले यसमा आप्mनो जीवनको अत्यन्त मर्मस्पर्शी अनुभव लेखेकी छिन् । झमकको निष्कर्ष छ जीवन काँढा होइन फूल हो । यो पुस्तक प्रत्येक सबलांगका लागि हाँक हो भने प्रत्येक अशक्त र सशक्त समेतका लागि प्रेरणा–स्रोत हो । झमकको यो कृति नेपाली प्रेरक–सहित्यको मात्रै शिखर होइन, मैले हालसाल पढेका अमेरिकी प्रेरक–साहित्यका करिब एक दशक यताका बहुचर्चित ‘बेस्टसेलर’ हरू –– मिच एल्बमको ‘ट्यूजडेज विथ मौरी’ र यान्डी पौश र जेफरी ज्यास्लोको ‘दि लास्ट लेक्चर’ भन्दा पनि उचस्तरीय छ ।

कम्युनिस्ट भएपछि भाग्न वाध्य भएँ खगेन्द्र संग्रौला

अखबार पढ्ने र साहित्यमा रुचि राख्नेहरूले सबैभन्दा बढी रुचाउने मध्येका लेखक खगेन्द्र संग्रौला जन्मिदा (२००३) देशमा जहानियाँ राणा शासनले रातको अन्तिम प्रहर काटिरहेको थियो । सारा देशलाई अन्धकारमा राखेर आफ्नो सत्ता सुरक्षित गरिरहेका तानाशाहको शासन कालमा मानिसहरूका लागि बाँच्नु नै सबै थोक थियो । सत्ताको चलखेलदेखि निक्कै टाढा पूर्वी पहाडी जिल्ला पाँचथरको सुभाङ, गुरुङ छापमा पनि त्यस्तो खास जीवन थिएन ।

सर्वहारा जनवादी गायक जीवन शर्मा

Jeevan Sharma, Raktim Aabhiyanसर्वहारा मुक्तिको गीत गाउँदागाउँदै आफैँ सर्वहारा कित्तामा पुगेका छन्, जीवन शर्मा । उनको नाममा विशाल आकाशमुनि एक इञ्च जमिन छैन, कतै एक हजार रुपियाँ जगेडा छैन । तीन दशक लामो सांस्कृतिक यात्राभर जेनतेन जीवन धान्दैछन् । तर, आफ़्नो समर्पणमा कुनै असन्तुष्टि छैन । भन्छन्, राजीखुसी निम्त्याइएका दुःखहरू सामना गर्नुमा रमाइलो छ, दुःखहरूविरुद्ध लड्नुमा झन् आनन्द छ ।

फिल्म बनाउनभन्दा चलाउन गाह्रो नायक श्रीकृष्ण श्रेष्ठ

फिल्म बनाउनभन्दा चलाउन गाह्रो भएको महसुस गरेका छन् पहिलोपटक निर्माता बनेका नायक श्रीकृष्ण श्रेष्ठले । 'फिल्म बनाउन त्यत्तिकै गाह्रो । त्यसभन्दा पनि अझै गाह्रो रै'छ चलाउन ।' मंगलबार पुतलीसडकको एक स्टुडियोमा 'कहाँ भेटिएला' को प्रोमो बनाउन खटिइरहेका श्रीकृष्णले भने, 'निर्माता बन्न त निकै गाह्रो रहेछ ।