किशमा किशोर चौतारा ६ मंसीर सिन्धुपाल्चोक समृद्धिको आधार- जलश्रोत पर्यटन कृषि र व्यापार भन्ने मूल नाराका साथ सदरमुकामको चौतारामा भईरहेको सिन्धुपाल्चोक महोत्सवको तेस्रो दिन प्रचण्ड घामको लप्कोका बाबजुद पनि उर्लिएका जनसागर सुस्ताईसकेका अवस्था थिए । प्रतियोगितात्मक दोहोरी गीतको सिलसिलामा जब व्याआस अभियानका केटी समूहद्धारा दोहोरी गीतको शुरुवात भयो । विस्तारै शितल घोप्टिन लागेको मौसम एक्कासी तातेर आयो ।
विजया दशमी तथा दिपावलीको शुभकामना सहित क्रिस म्युजिकले दोहोरी गिती एल्बम ‘दहीको टिका थालभरी जमरा’ बजारमा ल्याएको छ। लोकप्रिय टेलिश्रृखला जिरेखुर्सानीका गोविन्देको प्रस्तुति यस एल्बममा चर्चित लोक दोहोरी गायक राम थापा शिशिर, गायिका गीता देवी लगायतको स्वर सुन्न पाइन्छ।
काठमाडौं उपत्यकाको नजिकै पर्ने सिन्धुपाल्चोक जिल्ला तौथली गा.वि.स. जुन मौलिक कला, संस्कृति, स्थानिय रितिरिवाज, नेवारी परम्पराले भरिपूर्ण रहेको स्वच्छ, सुन्दर र हरियाली भएको ठाउँमा जन्मिनु भएको श्री बिमल श्रेष्ठ वास्तवमा आफुलाई भाग्यमानी ठान्नु हुन्छ । तौथली गा.वि.स. मा समाजसेवीहरुको कमी छैन तर पनि बिमल श्रेष्ठ एक गायक मात्र नभएर समाजसेवा तिर पनि उत्तिकै अग्रसर हुनुहुन्छ ।
