संचारकर्मी तथा गायक राजु बोहोरा र गायक शिवराम तिमिल्सीनाको लोक दोहोरी एल्बम "घायल मुटु" बजारमा आएकॊ छ । एलिना म्यूजिक सेन्टर प्रा. लि. ले बजारमा ल्याएको यस एल्बमको साइड 'ए'मा रुँदै रुँदै जिउने कति हो र साइड 'बी'मा बैश चढेकी बोलका लोक दोहोरी गीतहरु संग्रहित छन् । यस एल्बममा राजु बोहोरा, पार्वती कार्की, माधव खड्का र इन्दिरा गुङ्ग लगायतका कलाकारको स्वर रहेको छ ।
चर्चित हाँस्य टेलिफिल्म जिरेखुर्सानीका गोविन्देको "हैन भने डेरा सर्दिन्छु " लोक तथा दोहोरी एल्बम हालसालै बजारमा आएको छ । अति नै रोमाञ्चक ढङ्गमा गाँउबाट सहरमा पढ्न आएको गरिब केटा र घरबेटीको छोरीका बीचमा रहेको प्रेम सम्बन्धलाई एल्बमको विषयबस्तु बनाईएको छ ।
- केदार न्यौपाने कला र सिर्जनामा धनी सिन्धुबासीका माझबाट सुमधुर स्वरका धनी नवोदित युवा गायक भगवान न्यौपानेको स्वरमा सजिएको लोक दोहोरी एल्बम ?हुन रैछ आज बिछोड? हालसालै बजारमा आएको छ । एल्बमको ?ए? साईडमा ?हुन रैछ आज बिछोड...? बोलको लोक दोहोरी गीतमा अहिलेका चर्चित लोकगायक/गायिका खुमन अधिकारी र विष्णु माझीले स्वर दिएका छन् । त्यस्तै एल्बमको ?बी? साइडमा गायक कुलेन्द्र विक, भगवान न्यौपाने र गायिका लक्ष्मी न्यौपानेको स्वरमा ?बनको फूल झर्यो बनैमा...? बोलको गीत रहेको छ । दुवै साइडको गीतको शब्द तथा लय संकलन विवस दाहालको हो । यो एल्बमलाई क्रिस म्युजिकले बजारमा ल्याएको हो
