'माङ्खा हत्याकाण्ड पूर्वयोजनाबमोजिम'

चौतारा , माघ ८ - सिन्धुपाल्चोकको माङ्खा ९ का एक ५० बर्षीय पुरुषको हत्या पूर्वयोजनाबमोजिम भएको प्रहरीले निष्कर्ष निकालेको छ । बिहीबार स्थानीय देउरालीमा मृत फेला परेका स्थानीय यमप्रसाद तिमिल्सिनालाई हत्यापछि भीरबाट फ्याँकेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

रक्तचन्दन तस्करी रोक्न प्रहरीलाई तालिम

ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, माघ ७- साइटिस महासन्धिले ओसारपसारमा प्रतिबन्ध लगाएको वनस्पति रक्तचन्दन र सुनाखरीको तस्करी रोक्न प्रहरीलाई यससम्बन्धी वन तालिम दिन थालिएको छ। प्रहरीले ज्ञान अभावमा चन्दन र सुनाखरी पहिचान गर्न नसक्दा तस्करी नियन्त्रण गर्न नसकेको निष्कर्ष निकाल्दै यस्तो तालिम दिन थालिएको हो।

सिन्धुपाल्चोक महोत्सव २०६८ विशेष

समृद्ध बनाउन आठ बुँदे प्रतिबद्धता जाहेर गर्दै सिन्धुपाल्चोक महोत्सव सकियो

ध्रुव दंगाल, चौतारा, मंसिर ७- समृद्ध सिन्धुपाल्चोकको लागि आठ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै बुधबार सिन्धुपाल्चोक महोत्सव सकिएको छ। आपसबीचको सहअस्तित्व स्वीकार गरी जिल्लाको विकासका लागि सहमती, सहकार्य र एकता कायम राख्ने सामूहिक उद्‍घोष गर्दै यहाँ क्रियाशिल आठ राजनीतिक दलको तर्फबाट प्रतिबद्धतापत्र जारी भएको हो।

जानकारी

सिन्धुपाल्चोक

परिचय

नेपालको कुल क्षेत्रफलको १.७३ प्रतिशत भूभाग ओगट्ने सिन्धुपाल्चोक मध्यमाञ्चल विकास क्षेत्रभित्र पर्ने १९ जिल्लामध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला हो। वाग्मती अञ्चलमा पर्ने एक उच्च पहाडी जिल्ला सिन्धपाल्चोकको नामाकरण सिन्धु र पाल्चोक नाम गरेका दुइ थुम मिलेर भएको भन्ने जनविश्वास पाइन्छ। राजधानी काठमाडौंबाट उत्तरपूर्वमा पर्ने यो जिल्लाले नेपाल र चीनलाइ मितेरी साँघुले जोडेको छ। चौतारा यस जिल्लाको सदरमुकाम हो।

गाविस जानकारी

भोटेनाम्लाङ्ग

भोटेनाम्लाङ गाविस जिल्लाको मध्य भागमा पर्दछ । यस गाविस जिल्ला सदरमुकामबाट ६ कोष दुरी टाढा पर्दछ । यस गाविसको कुल क्षेत्रफल २१.१३ वर्ग किलोमिटर छ । गाविसको पूर्वमा गोल्चे गाविस, सेलाङ गाविस, पश्चिममा बाँसखर्क गाविस, उत्तरमा गुन्साकोट, थाम्पालधाम र दक्षिणमा सिम्पालकाभ्रे तथा लागर्चे गाविस पर्दछ ।

सामाजिक संघ संस्था

सिन्धुपोष्ट साप्ताहिक

सिन्धुपोष्ट साप्ताहिक सिन्धुपाल्चोक जिल्लाबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो।

राष्ट्रिय समाचार

सांघाई अपहरणकाण्डको अर्को आरोपी पक्राउ

माघ ९ । काठमाडौ – व्यापारी पवन सांघाइको अपहरणमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले आज आरजु सुब्बा नाम गरेकी एक महिलालाई पनि पक्राउ गरेको छ ।

सांघाई अपहरण काण्डका मुख्य आरोपी श्यामशुन्दर गुप्ताले फिरौतीको केही रकम सुब्बालाई राख्न दिएको खुलेकोले पक्राउ गरिएको महाशाखाका प्रहरी नायव उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

प्रवासी समाचार

‘दुवई महोत्सव–२०१२’ मा नेपाल भवन

माघ ९ । दुवई – विश्वलाई नै आकर्षित गर्ने ‘दुवई महोत्सव–२०१२’ नेपालीहरुको लागि पनि निकै महत्वपूर्ण सावित भएको छ । दुवईको ग्लोबल भिलेजमा चलिरहेको मेलामा नेपाल भवन पनि छ, जहाँ नेपाली संस्कृति झल्काउने विभिन्न स्टलहरु राखिएका छन् भने त्यहाँ नेपाली सरसमान पनि पाइन्छ ।

अन्तर्वार्ता

युद्ध रोक्न आर्थिक क्रान्ति जरुरी छ

अनिल शाह, प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक नेपाल लिमिटेड

मेगा बैंकको पछिल्लो अवस्था के छ ?
अहिलेको अवस्थाभन्दा पनि म अलि अगाडिको सुरुवातको प्रसंगमा जान चाहन्छु । मेरो बैंक क्षेत्रमा करियर गि्रनलेज बैंकबाट सुरु भयो । त्यसपछि स्ट्यान्डर्ड चार्टडमा गयो त्यसपछि नविल बैंकमा । स्ट्यान्डर्ड चार्टडमा मैले बैंकिङ्ग सिकें । नबिल बैंकले मलाई बैंकर बनायो । नविल बैंकमा जाँदा मलाई यो बैंकलाई नम्बर एक बनाउँछु भन्ने थियो ।

लेख रचना

हंगामादार अनुगमन : कमजोर कारबाही

कला अनुरागी
'अब के चाहिँ खाने होला ' अहिले राजधानीबासीहरुको मनमा यो प्रश्नले घर गरेको छ । जब राजधानीका खाद्यपदार्थहरुमा हुने अखाद्य पदार्थको मिसावट र लापरवाहीपूर्ण उत्पादनका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक हुन थाले तब थाहा भयो कि राजधानीबासीले त खान नहुने चिज नै पो बढी खाइरहेका रहेछन् ।

Sindhupalchok Contact Diary

विचार । दृष्टिकोण

प्रवेशिकाको फर्जी अभिमान

अमित घिमिरे
त्यसो त प्रवेशिका मात्रै हैन कक्षा ११ कक्षा १२ स्नातक सबैखाले परीक्षाको गति उस्तै हो । नहोस् पनि किन जहाँ स्वयम् शिक्षकहरु चोरी गर्न पाएनौ भनेर बबाल गर्ने गर्छन् । यस पल्टको परीक्षा विद्यार्थीले कम राजनीतिक कार्यकर्ता र स्थानीय गुण्डाले परीक्षा केन्द्र नै सदरमुकाम बाहेकका केही केन्द्रहरु कब्जा गरेर संचालन गरेको हुँदा यति प्रतिशतले बढ्यो भनेर फर्जी अभिमान गर्नु मित्थ्या हो ।

खोज । रिपोर्ट

श्रीमानलाई थाहै नदिइ श्रीमती बहराइनमा

जितेन्द्र श्रेष्ठ
भदौ ६, काठमाडौं
थाहै नदिई एजेन्टको सहयोगमा बैदेसिक रोजगारको लागि आफ्नो श्रीमती चिनु तामाङ बहराइन पुगेको थाहा भएपछि सिन्धुपाल्चोक सिङ्पालकाभ्रे घर भै जोरपाटी बस्दै आएका राज दोङलाई पर्नु पीर परेको छ । अचानक घरबाट श्रीमती हराएपछि उनी विगत एक महिनादेखी श्रीमतीको खोजीमा लागि परेका थिए ।

कला र साहित्य

सरकार

प्रचण्ड भन्छन यो सरकार माओबादीको मूल हो
बादल भन्छन यो सरकार फोरमको गम्भीर भुल हो
बैद्य भन्छन यो सरकार अस्ताउन लागेको घाम हो
गच्छेदार भन्छन यो सरकारको ऐतिहासिक काम हो

Radio Sindhu 105 MHz

ब्लग

'भोलि' पर्खिरहेका मेरा आँखाहरु भन्दैछन् 'अझै सामयिक छन् भावुकका सिर्जना'

- किशमा किशोर
'कान्छो बुबा पैसा दिनु न !' ओसिलो विहानीमा हामी पारिलो घाम तापेर खेलिरहँदा उहाँ खिलबहादुर भावुक लाई देखेपछि पैसा पाउने आशाले दैनिक यही वाक्य दोहोर् याउँथ्यौं । 'ए पैसा !' टक्क उभिएर हामीलाई एकनासले हेर्नुहुन्थ्यो उहाँ 'म भोलि दिउँला है ।' हामी 'हवस्' भन्दै हाम्रो ढुङ्गामाटोको घर बनाई खेललाई निरन्तरता दिन्थ्यौं सम्झना ताजै छ । त्यसपल उहाँका आँखा केही खोजिरहेझैं हाम्रा मैला निरीह अनुहारमा केन्द्रित हुन्थ्यो । सायद हाम्रो भविष्य नियालेको हुनसक्छ । दाहिने हातमा कालो डायरी हाफ चेकसर्टको देव्रे छातीमा सधैँ सजिईरहने २ थान कालो पाइलट पेन देवकोटाको चित्र झल्कने गरी ठूला निधारको प्रदर्शन सायद त्यसैले उहाँको पथ पहिल्याउँथ्यो होला ।

ब्यक्ति व्यक्तित्व

एक अथक यात्री रामेश


सुमधुर आवाजका धनी रामेश श्रेष्ठको स्थायी घर ओखलढुंगा हो । २००१ सालमा जन्मिएका रमेशको सानैदेखि संगीतस“ग साइनो जोडियो । परिवारका खा“चो टानर्का लागि उनका बाबु जागिर गर्थे पाल्पामा । रामेशका जागिरे पिता पनि संगीतसाधक थिए ।

गीत संगीत

महोत्सवको गीतमा प्रेमको लडाँई

किशमा किशोर
चौतारा ६ मंसीर
सिन्धुपाल्चोक समृद्धिको आधार- जलश्रोत पर्यटन कृषि र व्यापार भन्ने मूल नाराका साथ सदरमुकामको चौतारामा भईरहेको सिन्धुपाल्चोक महोत्सवको तेस्रो दिन प्रचण्ड घामको लप्कोका बाबजुद पनि उर्लिएका जनसागर सुस्ताईसकेका अवस्था थिए । प्रतियोगितात्मक दोहोरी गीतको सिलसिलामा जब व्याआस अभियानका केटी समूहद्धारा दोहोरी गीतको शुरुवात भयो । विस्तारै शितल घोप्टिन लागेको मौसम एक्कासी तातेर आयो ।

सिने संसार

प्रेम सोचेर हुने चिज होइन

भुवन केसी, नायक

तपाईले बनाउने फिल्म बन्ने क्रममा नै चर्चामा आउँछन् किन ?

म फिल्म बनाउादा जे पायो त्यही बनाउादिन, सोचेरै बनाउाछु । त्यसैले गर्दा समय लाग्छ । जे पनि राम्रो गर्नको लागि समय त लाग्छ नै पैसा पनि लाग्छ साथमा मेहनत पनि पर्छ । समय र मेहनत लगाएर गरेको चिज राम्रो त हुन्छ नै ।

पुस्तक समिक्षा

'तारापुञ्ज' फाँचल

सिन्धुपाल्चोक कला र साहित्यको उर्बर भुमी हो। यही भुमिका दुई साहित्य अनुरागी जीतेन्द्र रसिक र दीपेन्द्र उदासले साहित्य साधनालाई साझा चिन्तन बनाएर नेपाली साहित्यमा नै नयाँ विधाको विकासमा जुटेका छन्। यस क्षत्रेमा अहोरात्र खटेका घरको भुगोल स्याउले गाविस र कर्मथलो नवलपुर (बाँडेगाँउ)लाई बनाउन पुगेका दुई अनुज गजल विधाका राम्रा पारखी हुन् । आफना पेशाबाट अतिरिक्त समय निकालेर एक रफ्तारमा एउटा साधनामा दाजुभाइ जुट्न उदाहरणीय कार्य हो ।

सन्देशहरु

krishna bdr tamang(mussasaila)

lasso phyaphulla meme,mam,aashyang,aangi,aaku,aashu jyojo,aale,nana,aanga jammandan saino anusar denmula.shubha DOG-LOCHHAR 2848AU KO HARDIK MANGALMAYA SHUBHA-KAMAN ALL MEROsindhu bashi NEPAL,NEPALbat tadha rahanu hune sampurna eesta mitra tatha sath...

shiba raj giri(nesant)9818925110

mera sampura estamitra sathevai didibaaine famely n reletives haruma yo shiba ko tarfa bata namestee n dherai samjana xa vanachanxu@,,, ani sipa basi haruko utarotar pargati ko kamana bakta gzrdzxu,,,,,,namesteeeeeee sipa...

Ram kumar thapa

best of lock sindhu happy new year 2012...

krishna bdr tamang

Namaste,lasso-phyaphulla& salamaricom jejasari bhayani autai kura.sarbaprathamta merosindhu.comlai,sindhubasilai&nepalko purba mechi dekhi pashchim mahakalisammako ra nepal bhira rahanu bhayako sara nepalidhagu bhai tatha didibahiniharu sabailai dhil...

KENDRA KUMAR SHRESTHA

HAPPY NEW YEAR 2012.........TO ALL SINDHU BASI..............

तपाईको सन्देश लेख्नुहोस्

महत्वपूर्ण सम्पर्क जानकारी

लिंक साटासाट